Connect with us
Kapilvast Forest

नेकपा अध्यक्ष दाहालले भने, ‘जघन्य अपराधमा संलग्नलाई कारबाही गरिन्छ’

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं, मंसिर १५ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वका समयमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तत्कालिन एकीकृत नेकपा माओवादी नेता बुद्धिमान पाख्रिनको स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको भन्दै जघन्य अपराधका दोषी कसैले पनि माफी नपाउने बताए ।

आफूविरुद्ध नै थुप्रै मुद्धा रहेको भन्दै अध्यक्ष दाहालले सत्य निरुपण र बेपत्ता आयोगले दोषी ठह¥याए आफू पनि कारबाहीको भागीदार बन्ने बताए ।स्वर्गिय तामाङकी श्रीमती शान्ति तामाङले युद्धमा शहिद बनेकाहरुको अपमान हुने गरेको र अवसरवादीहरुले मात्र मौका पाउने गरेको गुनासो गरिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu