दाङ क्षेत्र नं ३ (ख) मा नेकपाकी विमलाको अग्रता काएमै
दाङ, मंसिर १५ । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणम आउने क्रम जारी छ । यसैअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा मतगणना जारी छ ।
हालसम्म चार हजार चारसय ९३ मत गन्दा नेकपाकी उमेदवार बिमला कुमारी खत्री ले २७४३ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसका उमेदवार केशवराज आचार्यले एक हजार नौ सय ३३ मत प्राप्त गरेका छन् ।
घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा मतगणना भइरहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।