कास्की २ : खेमराजभन्दा दोब्बर मतले विद्या अगाडि
पोखरा । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका प्रतिपर्धी खेमराज पौडेलभन्दा दोब्बर मतले अग्रता लिएकी छन् ।पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि छन् । भने नेपाली कांग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाएका छन् ।
सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिको वडा नं ३३, २१, १७ र २० को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ ।
सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकोमा अहिलेसम्म ती चार वडाका गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् । पार्टी उठाएको उम्मेदवार विद्या भट्टराईमा मन्त्री बनेर विकास गर्न सक्ने क्षमता रहेको चर्चा गर्दै आएका छन् ।