Connect with us
Kapilvast Forest

रामजानकी विवाह महामहोत्सव, सुरक्षा व्यवस्था कडा

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

धनुषा । आज विवाहपञ्चमी महामहोत्सवको मुख्य दिन रहेको छ । सप्ताहव्यापी महोत्सवमा आज विवाहको कार्यक्रम रहेको छ । जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले दिएको जानकारी अनुसार दिउसो १ बजे भगवान राम र माता जानकीको प्रतिमालाई जन्ती र लाखौ श्रद्धालुसहित नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ भने साँझ ५ बजे रंगभूमी मैदानमा भव्य स्वयम्वरको आयोजना गरिने छ । त्यसैगरी साँझ ७ बजे विवाहको शुभ साइत रहको कारण साँझ सात बजे नै भगवान राम र माता जानकीको वैवाहिक कार्यक्रम हुने भएको छ । वैवाहिक कार्यक्रमपछि जानकी मन्दिरमै महाप्रसाद वितरणको कार्यक्रम समेत रहेको छ ।

यस्तो छ विवाहमा सुरक्षा व्यवस्था
रामजानकी विवाहोत्सवको भव्य तयारीसँगै जनकपुरधाममा शान्ति सुरक्षा कडा पारिएको छ । महोत्सवमा सहभागी हुने श्रद्धालु भक्तजनको सुरक्षाका लागि २ हजार पाँच सय भन्दा बढी नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

यस्तै सुरक्षामा अहिले ४ सय ७५ जना सशस्त्र प्रहरी खटिएको र दिउँसो ७ सय भन्दा बढी प्रहरी परिचालन गर्ने तयारी रहेको सशस्त्र प्रहरी बल धनुषाका एसपी राजेश उप्रेतीले जानकारी दिए । विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली जानकी मन्दिर परिसर तथा आसपास, बाह्रविघा, राममन्दिर परिसर तथा आसपास लगायत भीडभाड भएका सबै ठाउँमा परिचालन गरिएको छ ।

जनकपुरधाममा मेलाको रुपमा जम्मा हुने हजारौको भीडमा चोरी तथा लुटपाट हुन सक्ने घटना नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लागेको छ । यसका लागि विभिन्न चोक तथा सार्वजनिक स्थानमा एक सय थान सीसीटिभी क्यामेरा जडान गरिएको छ । दुइ वटा ड्रोन क्यामराबाट समेत भीडभाडलाई निगरानी भइरहेको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

यसबाहेक १२ वटा समूह बनाएर सादा पोशाकको सुरक्षाकर्मी परिचालन गरिएको छ । रातिको समयमा पनि सुरक्षा चुनौति आउने सक्ने तथा विभिन्न अपराधिक घटना हुनसक्ने सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई रात्रिबासका लागि पनि नगरभरी छरिएर बस्नेगरी व्यवस्था मिलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu