Connect with us
Kapilvast Forest

थुनाबाट सात कैदी भागे

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

सिरहा । इलाका प्रहरी कार्यालय लम्मीपुरपतारी गापाको हिरासतबाट शनिबार बेलुका ७ जना कैदी फरार भएका छन् । शनिबार बेलुकाको खाना खुवाउने क्रममा उनीहरु काँडेतार पन्छाएर भागेको बताइएको छ ।

भाग्नेहरुमा लागूऔषध मुद्दाका १९ वर्षीय गोविन्द नेपाल, १५ वर्षीय मो.रियाज मियाँ, ४५ वर्षीय रामाशिष यादव, २६ वर्षीय रन्धिर कुमार यादव, २१ वर्षीय गणेश साह, २७ वर्षीय नविन यादव र वहुविवाह मुद्दाका २१ वर्षीय संजय यादव रहेका छन् । भाग्ने क्रममा लागूऔषध मुद्दाका २० वर्षीय रिशन खड्कालाई भने स्थानीय गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् ।

स्थानीयले भने कैदीहरुलाई प्रहरीकै मिलेमत्तोमा भगाएको आरोप लगाउँदै आएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै घटनाका विषयमा केहि बोल्न मानिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदिले घटनाको १७ घण्टा वितिसक्दा पनि घटनाबारे जानकारी दिन आनाकानी गरिरहेका छन् । प्रहरीले आफ्ना सबै बल प्रयोग गरेर भगौडाहरुको खोजि गरिरहेको जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu