Connect with us
Kapilvast Forest

पराजयपछि नेकपा ढकालले दिए विजयी कांग्रेस उम्मेदवारलाई बधाई

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

भक्तपुुर-भक्तपुुर क्षेत्र नम्बर १ प्रदेशसभा (क)मा नेकपाका पराजित उम्मेदवार डीपी ढकालले विजयी कांग्रेस उम्मेदवार कृष्ण भँडेललाई बधाई दिएका छन्।

आइतबार सम्पपन मतगणनामा कांग्रेस उम्मेदवा भँडेलद्वारा २ हजार २४३ मतले पछाडि पार्दे पराजित बनेका ढकालले आफ्नो पराजय स्वीकार गर्दै कांग्रेस उम्मेदखवारलाई बधाई दिएका हुन्।

यो उप निर्वाचनमा विजयी उम्मेदवारलाई हार्दिक बधाई । यस निर्वाचनमा सूर्य चिन्हृमा मतदान गर्नुहुने सबै मतादातालाई हार्दिक आभार ब्यक्त गर्दछु । यो निर्वाचनमा परिचालित हुने सम्पूर्ण नेता कार्यकर्ता र जनसमुदायलाई हार्दिक आभार ब्यक्त गर्दै भक्तपुरको बिकास र सम्बृद्धिको लागि आदरणीय जनसमुदायको सुख दुःखको साथी भई आजिवन लागिपर्ने पुन प्रतिज्ञा गर्दछु ।

 

 

‘यो उपनिर्वाचनमा विजयी उम्मेदवारलाई हार्दिक बधाई। यस निर्वाचनमा सूर्य चिन्हृमा मतदान गर्नुहुने सबै मतादातालाई हार्दिक आभार ब्यक्त गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमा ढकालले लेखेका छन, ‘यो निर्वाचनमा परिचालित हुने सम्पूर्ण नेता कार्यकर्ता र जनसमुदायलाई हार्दिक आभार ब्यक्त गर्दै भक्तपुरको विकास र सम्बृद्धिको लागि आदरणीय जनसमुदायको सुख दुःखको साथी भई आजीवन लागिपर्ने पुनः प्रतीज्ञा गर्दछु।’

उपनिर्वाचनमा ढकालले ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका थिए। विजयी कांग्रेस उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरे भने तेस्रो हुने नेपाल मजदुर किसान पार्टीका निरज लवजूले ५ हजार २९ मत प्राप्त गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu