Connect with us
Kapilvast Forest

जनयुद्धका सबै घटनाको जिम्मेवारी लिन्छुः अध्यक्ष दाहाल

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल माओवादी जनयुद्धका क्रममा भएका सबै राम्रा नराम्रा घटनाको जिम्मेवारी आफूले लिने बताउनुभएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार द्वन्द्वकालमा मारिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७औँ स्मृतिसभालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा भएका सबै घटनाको जिम्मेवारी लिने बताउनुभएको हो । संक्रमणकालिन न्याय सम्पादन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनाएर र द्वन्द्वकालिन मुद्दा टुङ्गो लगाउन आफू प्रयासरत रहेको पनि बताउनुभयो । माओबादी जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको अध्यक्ष भएको कारणले आफूले जिम्मेवारी लिने बताउनुभयो ।

जनयुद्धमा मारिएका भएपनि सबैलाई सम्बोधन हुनेगरी सत्य निरुपण होस् भन्ने पक्षमा आफू रहेको पनि बताउनुभयो । अध्यक्ष दाहालले आफूहरु ब्ल्यांकेट एम्नेस्टिको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

द्वन्द्व पीडितहरुको माग बमोजिम सत्यनिरुपण मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको अहिलेको कानुन संसोधनको तयारीमा रहेको र छिट्टै पदाधिकारीहरु नियुक्त हुने पनि अध्यक्ष दाहालले बताउनुभयो ।

तात्कालिन समयमा राज्यपक्ष वा विद्रोही पक्षबाट भएका जघन्य प्रकृतिका घटनामा दोषी ठहरिनेले कारबाही भोगे मात्रै भविश्यमा यस्ता घटना दोहोरिन नदिने वातावरण वनाउन सकिन्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu