Connect with us
Kapilvast Forest

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

बारा : पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ-८ स्थित बुद्धचोकमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ ८ खयरघारीका १५ वर्षीय करिब कार्की रहेका छन्।

घरबाट बजारतर्फ आउने क्रममा लच्कामा पथलैयाबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ८७६७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि रौतहटको चन्द्रपुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकाश थपलियाले जानकारी दिए। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu