Connect with us
Kapilvast Forest

कास्की-२ मा १५ हजार मत गन्न बाँकी हुँदा विद्या ८ हजार मतले अगाडि

२०७६, १५ मंसिर आईतवारमा प्रकाशित

कास्की-२ मा भएको प्रतिनिधि  सभा सदस्यमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईले सुरूवाती अग्रता बढाउँदै लगेकी छन्।

शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिँदा विद्याले १७ हजार ६ सय ५० मत पाएकी छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले  ९ हजार २ सय २४ मत पाएका छन्। तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङ छन्। उनले १३१६ मत ल्याएका छन्। साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत पाएकी छन्। मतगणना जारी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu