Connect with us
Kapilvast Forest

धरान उपमहानगरमा कांग्रेसका तिलक राई विजयी

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

धरान-सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्।तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५मतान्तरले हराएका हुन्।तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपचारिक मत परिणाम घोषणा हुन बाँकी छ।तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाएको छ।२८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो।

 

२०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।

धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो। कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो। पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्वएमालेले जितेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu