Connect with us
Kapilvast Forest

साझा पार्टीले ‘साझा भुइँयात्रा’ अभियान चलाउने

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- भर्खरै सम्पन्न उपनिर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको साझा पार्टीले ‘साझा भुइँयात्रा’ अभियान चलाउने भएको छ।

‘आफ्ना गल्ती-कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्न हामी कटिबद्ध छौँ’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि हामी छिटै ‘साझा भुइँयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लागि पर्ने छौँ।’

पार्टीले गाउँ-टोलमा ठूला दलसँगको आबद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम रहेको बताउँदै साझाले प्रतिकूलताका बाबजुद आफूलाई मत दिनेहरुप्रति आभार व्यक्त गरेको छ।

‘सारा प्रतिकूलताका बाबजुद हामीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ। त्यस्तै, ‘मत’ नबदले पनि ‘मन’ बदलेर हामीप्रति आशा र भरोसा राख्ने ठूलो जमातले हाम्रो गतिविधिलाई नजिकबाट नियालिरहेको हामीले महसुस गरेका छौँ’, विज्ञप्तिमा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu