Connect with us
Kapilvast Forest

जनताको काम छिटो गर्नुस:उपप्रधानमन्त्री पोखरेल

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं, मंसिर १६ । उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेलले जनताको काम छिटोछरितो गर्न निर्देशन दिएका छन् ।बुढानिलकण्ठ नगरपालिकाको नवनिर्मित भवनको आज काठमाडौमा शिलान्यास गर्दै उनले जनताको काममा कुनै ढिला सुस्ति नगर्न निर्देशन दिएका हुन् ।भ्रष्टाचार र अनियमितता सरकारको शत्रु भएकाले सुशासनमा ध्यान केन्द्रीत गर्न आग्रह गरे ।

आर्थिक समृद्धिका लागि सरकार दृढ रहेको भन्दै उनले आर्थिक विकासबाट मात्र मुलुकले समृद्धि प्राप्त गर्ने बताए ।बुढानिलकण्ठ नगरपालिका आफैमा महत्वपूर्ण नगरपालिका भएकाले यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने पनि बताए ।नगरपालिकाका मेयर उद्धव खरेलले नगरपालिकालाई सुशासनको केन्द्र बनाइने बताए । उनले नगरबासीका समस्यालाई छिटोछरीतो रुपमा सामाधान गरिने बताए ।कार्यक्रममा नगरपालिकामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu