Connect with us
Kapilvast Forest

कास्कीमा पराजित साझाकी रजनी : प्रेम धेरैले गरे, बिहे गरेनन्

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

स्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफूलाई जनताले अगाध माया-प्रेम दिएको तर बिहेको मण्डपसम्म नलगेको प्रतिक्रिया दिएकी छिन् ।मंगलवार लोकान्तरसँग कुरा गर्दै केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा परेका कारण भोट दिन नसकेको गुनासो गरेकी हुन् ।

‘यो बीचमा मैले धेरै घरदैलो चाहारेँ, तराजुलाई घर–घरमा पुर्‍याएँ,’ केसीले भनिन्, ‘मलाई धेरैले माया गर्नुभयो । सत्तारूढ दल नेकपाले ल्याएको भोटभन्दा धेरैले तपाईंलाई विश्वास गर्छौं र भोट पनि हाल्छौं भन्नुभयो । जनताले देखाएको माया बिहे मण्डपसम्म पुग्ला भन्ने आशा गरेकी थिएँ, तर मायामा धोका भयो ।’

केसीले वैकल्पिक शक्ति बनाएर जनताबाट स्वीकृत गराउने काम निकै कठिन रहेको आफूले स्वीकारेको बताइन् ।पुराना पार्टीहरूको विकल्प खोज्नुपर्छ भन्ने भावना विकसित भएको तर भोट हाल्ने बेलामा पुरानै पार्टीको चिह्नमा हात पुग्ने प्रवृत्तिलाई परिवर्तन गराउन आफूहरूले निकै ठूलो प्रयास गर्नुपर्ने शिक्षा प्राप्त गरेको केसी बताउँछिन् ।

‘हारले मलाई झन् उत्साहित बनाएको छ,’ केसीले भनिन्, ‘कुनै आवधिक निर्वाचन थिएन, उपनिर्वाचनमा जित्नेहरूले पनि राजनीतिक रूपमा खासै ठूलो भूमिका प्राप्त गर्दैनन् । तर हामी जन-जनको घरदैलोमा पुग्यौं । हाम्रो सांगठानिक स्थिति कस्तो रहेछ भन्ने बुझ्यौं । यो नै हाम्रो लागि जितबराबर हो ।’

कास्कीमा २१ जनाले मनोनयन दर्ता गराएका थिए भने हार्नेहरूमध्ये नेपाली कांग्रेसबाहेक सबैको जमानत  जफत भएको छ ।

निर्वाचन ऐनमा कूल खसेको मतको १० प्रतिशत ल्याउन नसके जमानत जफत हुने उल्लेख छ ।

कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५४६ ले मात्र मतदान गरेका थिए । तीमध्ये साझा पार्टीकी उम्मेदवार केसीले जम्मा ९ सय ४२ मत ल्याइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu