महाराजगंजमा आवधिक सल्लाहकार बैठक सम्पन्न
- सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १६,
कपिलवस्तुको महाराजगंज नगरपालिकामा सीमान्तकृत समुदायका सरोकारका विषयमा जनप्रतिनिधी तथा नागरिक समाजसंगँ आवधिक सल्लाहकार बैठक सम्पन्न भएको छ । माहुरी होमको आयोजनामा सुन्दर शान्त नेपाल परियोजना मार्फत स्थानिय स्तरमा रहेको नागरिक आगुवाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय स्तरमा भएका विवाद, तनाव, बेमेल तथा असुरक्षाहरूलार्इ पहिचान गरी सोही क्षेत्रबाट न्यूनिकरण गर्नु पर्ने सल्लाहकारहरुले सुझाव दिएका थिए ।
सीमान्तकृत समुदायका सरोकारका विषयमा जनप्रतिनिधी तथा नागरिक समाजसंगँ आवधिक सल्लाहकार बैठकमा महाराजगज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले यस क्षेत्रमा परियोजनाले राम्रो कार्य गरेको बताउनु भयो । उहाले आउने दिनमा सुन्दर शान्त नेपाल परियोजनाले स्थान परिवेश कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भयो ।

सीमान्तकृत समुदायका सरोकारका विषयमा जनप्रतिनिधी तथा नागरिक समाजले समाज सधारको योजना ल्याउने उदेश्यले अन्तरक्रिया गरेको ईन्टरनेशनल अलर्टका संयोजक शोभा चौधरीले बताउनु भयो । सुन्दर शान्त नेपाल परियोजनाले यस क्षेत्रमा रहेका समास्या न्यूनिकरणका लागि पहल गरिएको कार्यक्रम संयोजक बसन्त बन्जाडेले जानकारी दिनुभयो ।
सो कार्यक्रममा महाराजगंज नगरपालिकाका योजना शाखा प्रमुख निरञ्जन पौडेल, महाराजगंज नगरपालिका वडा नं २ का अध्यक्ष मोहम्मद हुसेन धुनिया, वडा नं ४ का अध्यक्ष शुशिल कुमार चौधरी, ५ का अध्यक्ष छेदी प्रसाद कुर्मी, ८ का अध्यक्ष योगेन्द्र कुमार केसी, ९ का अध्यक्ष उदयराज कुर्मी, समाजसेवी गंगेश नाथ तिवारी, निबर धुनिया, उर्मिला पाण्डेय, गिता यादव लगायतको सहभागीता रहेको थियो ।
सीमान्तकृत समुदायका सरोकारका विषयमा जनप्रतिनिधी तथा नागरिक समाजसंगँ आवधिक सल्लाहकार बैठकमा महाराजगंज नगरपालिका क्षेत्रका आगुवा, अधिकारकर्मी, नागरिक समाजको सहभागीतामा कार्यक्रम सम्पन्न भएको माहुरी होमका सहजकर्ता कृष्ण कुमार यादवले जानकारी दिनु भयो ।