Connect with us
Kapilvast Forest

शितगंगामा तिन दर्जन किशोर, किशोरी कम्प्युटर सिक्दै

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

  • माधब बेल्वासे,कपिलवस्तु, १६ मंसिर.

शितगंगा नगरपालिका वडा न ९ का ३४ जना किशोरी,किशोरी लाई लक्षीत गरि आधारभुत कम्प्युटर तालिम सुरु गरिएको छ । शितगंगा नगरपालिका वडा न ९ को भक्कुटोलमा एक कार्यक्रमको आयोजना गरि तालिम सुरु गरिएको छ । कम्प्युटर शिक्षा आजको आधारभुत आवश्यकता भन्ने नारा सहित वडा न ९ ले कम्प्युटर शिक्षाको लागी २ लाख वजेट विनियोजन गरेको र सोहि अनुसार उक्त कार्यक्रम गरिएको वडा अध्यक्ष भिम केसीले वताए ।

आजको आवश्यकता कम्पियुटर शिक्षा रहेकोले दिर्घकालीन रुपमा प्रयोग हुने यो शिक्षामा विशेष ध्यान दिनुपर्ने केसीले वताए । अहिले कम्पियुटर शिक्षा सवै क्षेत्रमा आवश्यकता रहेको भन्दै सक्षम भएपछी वेरोजगार हुनुपर्ने उनले जनाए । दिगो विकास र सक्षम नागरिक बनाउन शितगंगा नगरपालिकाले विभिन्न कार्यक्रमहरु छनोट गरेको अध्यक्ष केसीले वताएका छन ।

तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न जोड दिदै तालिम प्रभावकारी बनाउन आग्रह गरे । स्कलर्श कम्प्युटर ईन्सिच्युटको समन्वयमा ३ महिना सम्म उक्त तालिम संचालन हुने छ । तालिममा कम्प्युटरका आधाभुत विषय वारे जानकारी दिने स्कलर्श कम्प्युटर ईन्सिच्युटका संचाालक प्रदिप खनाले वताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu