Connect with us
Kapilvast Forest

पाँचथरको फालेलुङमा आगलागी, ८५ वर्षीया वृद्धाको ज्यान गयो

२०७६, १७ मंसिर मंगलवारमा प्रकाशित

aago

 

पाँचथर – फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो ।

टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए ।

वृद्धाको शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । थाम्सुहाङ चुल्होको छेउमा  नै सुत्ने गर्नुभएको थियो ।

आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu