गढीमाई मेलाबाट फर्कंदै गरेको भ्यान दुर्घटना, २ को मृत्यु
१८ मंसिर, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन व्यक्ति घाइते भएका छन् ।
प्रहरीका अनुसार गढीमाई मेलाबाट फर्कंदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर बुधबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।