Connect with us
Kapilvast Forest

सागमा आएका पत्रकारलाई सित्तैँमा घुम्ने अफर : घर फर्कँदा नेपाल भ्रमण वर्षको गिफ्ट !

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाण्डाै – नेपालमा भैरहेको १३ औं दक्षिण एसियाली खेलकुद सागलाई नेपाल भ्रमण वर्ष २०२० को प्रचारमा पनि प्रयोग गरिएको छ ।

सागको उद्घाटनको दिन मन्तव्यका क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले सागको उद्घाटन समारोहलाई नेपाल भ्रमण वर्षको ‘इभ’का रुपमा लिइएको बताउनुभएको थियो । उहाँले गौतम बुद्धको देशमा भैरहेको सागले विश्वभरी शान्ती र एकताको सन्देश दिएको पनि बताउनुभएको थियो ।

यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा खेलकुदको माध्यमबाट पर्यटनको विकासको सम्भावना रहेको पनि बताउनुभएको थियो । सागलाई नै उपयोग गरेर नेपाल भ्रमण वर्षको थप प्रचार प्रसार गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र नेपाल पर्यटन बोर्डले सागको रिपोर्टिङमा आएका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सका पत्रकारलाई नेपालका विभिन्न पर्यटकीय ठाउमा घुम्न अफर गरेका छन् ।

‘हामीले यहाँको साइड सिन गर्न चाहने पत्रकारलाई हामीलाई  सम्पर्क गर्न भनेका छौँ, उहाँहरुले चाहेमा हामीले विभिन्न ठाउँ घुमाउने छौंँ’ नेपाल पर्यटन बोर्डका प्रमुख कायकारी अधिकृत दीपकराज जोशीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामीले ४ या ५ तारिखका दिन सागमा आएका पत्रकारलाई भेला गरेर भ्रमण वर्षको प्रस्तुतीकरण देखाउने र सबैलाई नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गिफ्ट दिने पनि योजना छ ।’

साग जस्ता ठुला अन्तर्राष्ट्रिय समारोहले गर्दा नेपाल भ्रमण वर्षको प्रचारमा निकै टेवा पुगेको पनि सिइओ जोशीको भनाई छ ।

सागमा सहभागी हुन आउने ५ हजार भन्दा धेरै खेलाडी, प्रशिक्षक, पत्रकार र कर्मचारीले नेपाल भ्रमण वर्षको बारेमा विमानस्थलमै मनग्य जानकारी पाएका, केहि खेलाडीले नेपाल भ्रमण वर्षको सेल्फी प्वाइन्टम सेल्फी खिचेर सामाजिक सञ्जालमा राखेका छन् । यस्तै साग अन्तरगतका हरेक खेल हुने स्थानमा नेपाल भ्रमण वर्षको लोगो राखिएको छ । यसबाट पनि प्रचारप्रसार भैरहेको छ ।

सागको समापनसम्म भ्रमण वर्षको थप प्रचार गरिनेछ : खेलकुदमन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सागको उद्घाटनमा नेपाल भ्रमण वर्षको मनग्य प्रसार प्रसार गरिएको दावी गर्दै सागको दौरान र समापनसम्म यसले थप स्थान पाउने बताउनुभयो । उज्यालो अनलाइनसँगको कुराकानीमा मन्त्री विश्वकर्माले भन्नुभयो, ‘हामीले सागको उद्घाटनमा भ्रमण वर्षको पर्याप्त प्रचार गरेका छौं, सम्बोधन गर्ने सबैले सागलाई  नेपाल भ्रमण २०२० सँग जोडेका छन्, यसबाट लाखौँ विदेशीमा नेपाल भ्रमण वर्षको सन्देश पुगेको छ ।’

उहाँले सागको समापनमा पनि नेपाल भ्रमण वर्षको प्रचारको लागि केहि विशेष कार्यक्रम गर्न सकिने बताउनुभयो । यस्तै नेपाल आएका खेलाडी, अफिसिय र कर्मचारीलाई फर्कने बेलामा पनि भ्रमण वर्षको निम्तोसहितका उपहार दिन सकिने पनि बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu