Connect with us
Kapilvast Forest

लागूऔसध सहित चार युवा पक्राउ

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

pakrau_hatya

सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले ब्राउन सुगरसहित ४ जना युवालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार ४ जनालाई गोलबजार ३ बाट आठ पोका ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक जनक पुरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् ।

उनीहरुलाई गोलबजार प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा २२ ग्राम ब्राउनसुगर सहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धी मुद्दा चलाइएको जनाएको छ । पक्राउ परेका सबैजसो १८ देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj