Connect with us
Kapilvast Forest

अवैध लागूऔषधसहित ६ पक्राउ

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं :

प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।दैलेखको गुँरास गाउँपालिका-४, रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा ब्राउनसुगरजस्तो देखिने पदार्थ ११ दशमलब ५० ग्रामसहित चारजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका-४ का २४ वर्षीय रवि मल्ल, चन्दननाथ नगरपालिका-१ का २२ वर्षीय शालिकराम महत, चन्दननाथ नगरपालिका-५ का सौगात कार्की र मुगु छाँयानाथ रारा नगरपालिका-११ का २३ वर्षीय महेलाल साउद छन्।शंकास्पद उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।

यसैगरी, नवलपरासी(पूर्व) कावासोती नगरपालिका-१६, तीनघरे चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुलसहित दुईजनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-११ का २४ वर्षीय रोशन पाठक र आइतबहादुर थिङ छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु१ख ८६२२ नम्बरको बस जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj