Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । एपेन्डिसाइटिस्को शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएकाे हाे ।

पार्टी कार्यालय धुम्बाराहीमा बुधबार पत्रकारसँग प्रवक्ता श्रेष्ठले मिर्गौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताउनुभयो । मिर्गौलाको समस्या समाधानका लागि अहिले आवश्यकता अनुसार डायलासिस्को प्रक्रिय जारी रहेको र त्यसपछिको उपचार प्रक्रिया के हुने भन्ने कुरा चिकित्सकहरुको सल्लाह अनुसार हुने उहाँले बताउनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्रीलाई मंसिर १० गते ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा’ भर्ना गरिएको थियो । उपचाररत प्रधानमन्त्री ओलीले आइसियुबाटै आइतबार १३औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह समेत हेर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले साेमबार एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu