बस र जीप ठोक्किँदा तीनजना घाइते
डडेल्धुरा : डडेल्धुरामा बस र जीप ठोक्किँदा ३ जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका ३ सकायलको जगंल स्पा नजिक खोलामा बस र जीप ठोक्किदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ।बुधबार दिपायलबाट धनगढीतर्फ गइरहेको ना४ख ३६०५ नम्बरको बस र डडेल्धुराबाट दिपायलतर्फ गइरहेका से१ज ९०३७ नम्बरको जीप ठोक्किएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका असई करविर ऐरले बताए ।
उनका अनुसार तीनजना घाइतेमध्ये एकजना उपचारपछि घर फर्किसकेको र अरु दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको असई ऐरले जानकारी दिए । साँघुरो सडक र स्पिड भएका कारण बस र जीप ठोक्किएको प्रहरीको अनुमान छ । गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । बस र जीप ठोक्किदा यात्रुहरू हुत्तिएर घाइते भएको प्रहरीको भनाइ छ।