Connect with us
Kapilvast Forest

भ्रमण वर्ष २०२० : ३१ देशका राजदूतसँग पर्यटनमन्त्री भट्टराईले गरे छलफल

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

yogesh_NewsCenterNepal

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूतलाई आग्रह गरेका छन्। बुधबार मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले यस्तो आग्रह गरेका हुन्।

सँगै मन्त्री भट्टराईले पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखसमेत भ्रमण वर्ष सफल पार्न सहयोग गर्न आग्रह गरे। ‘नेपाल भ्रमण वर्ष-२०२० को विषयमा सबै देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु’, छलफलमा मन्त्री भट्टराईले भने, ‘मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०२० र क्रिसमस नेपालमै मनाउनुहोस्।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको  लागि निमन्त्रणा पठाइसकिएको जानकारीसमे गराएका छन्।  मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभूकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं। अब पर्यटन वर्ष सफल पार्न सहयोग र साथको अपेक्षा गरेका छौं।’

भूकम्पले भत्किएका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी मन्त्री भट्टराईले गराए। बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न हुने उनको भनाइ छ।

मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्नु हुदै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए।
मन्त्री भट्टराईले आगमी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए। त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको उनको भनाइ छ।

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियनलगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेको बताए।  कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दै विश्वभरी भ्रमण वर्ष-२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे।

सहयोगका लागि तयार छौं : राजदूत 
कार्यक्रममा सहभागी राजदूतले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन्। नेपालका लागि अमेरिकी राजदू त र्‍याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए। त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूतमासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu