Connect with us
Kapilvast Forest

काठमाडौंमा चोरी गर्ने समूहका चार पक्राउ

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा समूह बनाइ चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले चोरिएका सामानसहित फरक–फरक ठाउँबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ घर भइ काठमाडौंको टोखा बस्ने वर्ष २७ को भुवन नेपाली, नुवाकोटकै बिदुर नगरपालिका–७ घर भइ सोही स्थान बस्ने वर्ष २२ को रोज परियार, सिन्धुपाल्चोक बारबिसे–२ घर भइ स्वयम्भू बस्ने वर्ष २७ को सुबास खड्का र झापा गौरादह नगरपालिका–१ घर भइ घट्टेकुलो बस्ने वर्ष ५१ को ख्यामराज घिमिरे रहेका छन्।

उनीहरुको साथबाट नगद ५७ हजार पाँच सयसहित विभिन्न सामान बरामद भएको छ। बरामद सामानहरुमा मोबाइल अप्पो थान १, सामसुङ थान २, सुनको गहना नेकलेस डेढ तोलाको थान १, फलामको छिनो(रड) थान १ रहेका छन्।पक्राउ परेका ब्यक्ति उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu