Connect with us
Kapilvast Forest

दक्षिण एसियाली खेलकुदमा नेपालले पूरा गर्‍यो १०० स्वर्ण

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत अहिलेसम्मका संस्करणमा गरी नेपालले १०० स्वर्ण पदक पूरा गरेको छ ।सन् १९८४ मा पहिलोपटक नेपालबाटै शुरु भएको सागमा नेपालले तस्रो पटक १३ औं संस्करणको आयोजना गर्दा १०० पदक पूरा गरेको हो ।नेपालका लागि १३ औं सागअन्तर्गत सक्षम कार्कीले  तेक्वान्दोको हेभी वेटमा ऐतिहासिक १०० औं स्वर्ण पदक दिलाए ।सागको १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिसकेको थियो । नेपालले यसपटकको १३ औं सागमा मात्रै २९ स्वर्ण पदक प्राप्त गरेको छ ।दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

यस्तो छ नेपालको स्वर्ण पदक तालिकासन् १९८४ (४ स्वर्ण)
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. दलबहादुर रानामगर, बक्सिङ
३. पुष्कर शाही, बक्सिङ
४. पुरुष फुटबल टिमसन् १९८५(१ स्वर्ण)
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७ (१ स्वर्ण)
१. बैकुण्ठ मानन्धर, एथलेटिक्स
२. स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९ (१ स्वर्ण)
१. चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१ (१ स्वर्ण)
१. गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर, टेबलटेनिस
२. अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३ (१ स्वर्ण)
१. पुरुष फुटबल टिम

सन् १९९५(४ स्वर्ण)
१. टिका बोगटी, एथ्लेटिक्स
२. रमेश बस्नेत, जुडो
३. विरबहादुर राना, जुडो
४. जितबहदुर चौधरी, जुडो

सन् १९९९(३१ स्वर्ण )
१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन ९सिंगल काता०, कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता (महिला), कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो९

सन् २००४ (७ स्वर्ण)
१. दीपक श्रेष्ठ, कराँते
२. संगिना बैद्य,तेक्वान्दो
३. रूपा सयाङदेन, तेक्वान्दो
४. दीपक विष्ट, तेक्वान्दो
५. निर्मल श्रेष्ठ, तेक्वान्दो
६. रेनुका रानामगर, तेक्वान्दो
७. निरञ्जन श्रेष्ठ, तेक्वान्दो

सन् २००६ (७ स्वर्ण)
१. कमलबहादुर अधिकारी, भारोत्तोलन
२. विना लामा खड्का, उसु
३. राजकुमार रसाइली, उसु
४. सुलोचना सिज्वाखा, कराँते
५. कुशल श्रेष्ठ, कराँते
६. मनिता शाही, तेक्वान्दो
७. दीपक विष्ठ, तेक्वान्दो

सन् २०१०(८ स्वर्ण)
१. दीपक विष्ट, तेक्वान्दो
२. आयशा शाक्य, तेक्वान्दो
३. विनिता महर्जन, उसु
४. आङबाबु लामा, उसु
५. सुनिल लामा, कराँते
६. विनोद शाक्य, कराँते
७. गंगा अधिकारी, कराँते
८. राजेन्द्र भण्डारी, एथलेटिक्स

सन् २०१६(३ स्वर्ण)
१. पुरुष फुटबल टिम
२. निमा घर्तिमगर, उसु
३. फुपु ल्हामु खत्री, जुडो

सन् २०१९ (जारी) (अहिलेसम्म २९ स्वर्ण)
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) –अनु अधिकारी
८.कराते (६७ केजी) –नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष)– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे)
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९.तेक्वान्दो- सक्षम कार्की

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu