नेकपाको निश्कर्ष : करकै कारण धरानको चुनाव हार्यौं
१८ मंसिर, काठमाडौं । धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ ।
निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन परिचालन कमिटीको निश्कर्ष छ । करको दर तत्काल घटाउन उपमहानगर संसदीय दललाई निर्देशन दिइएको संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।