Connect with us
Kapilvast Forest

पत्रकारमाथि भन्सारमा दुर्व्यवहार, पत्रकार महासंघद्वारा भत्सर्ना

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद सन्तोष बराइलीमाथि भन्सारका कर्मचारीले दुर्व्यवहार गरेका छन् । गत मंसिर १८ गते समाचार संकलनका क्रममा नेपाल-भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सार पुगेका बराइलीलाई त्यहाँस्थित कर्मचारीको एक समूहले दुर्व्यवहार गरेको हो ।

सेवाग्राहीसँग अनाधिकृत रुपमा खुल्लमखुल्ला पैसा असुली गरिरहेको दृष्य देखेपछि पत्रकार बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासले दृष्य क्यामरामा कैद गर्न लाग्दा कर्मचारीहरुले दुर्व्यवहार गरेका हुन् ।

पत्रकार बराइलीका अनुसार भन्सार कार्यालयका सहयोगी रामबहादुर कापरले सेवाग्राहीसगँ घुस लिँदै गरेको तस्बिर क्यामरामा कैद गरिरहँदा भन्सारका ईञ्चार्ज नायव सुब्बा नविनकुमार पाण्डेले एक्कासी क्यामरा खोसेर आफुहरुको बारेमा सोधीखोजी गर्दै परिचयपत्र देखाउँदा समेत झनै दुर्व्यवहार गरेको बताएका छन् ।

भन्सार ईञ्चार्ज पाण्डेले ‘ यस्ता धेरै पत्रकारहरुलाई आफूले जुत्तै जुत्ताले पिटेको’ भन्दै अन्य कर्मचारीसमेतलाई बोलाएर पत्रकार बराइली लगायतलाई आफ्नो कार्यकक्षमा करिब आधा घण्टा थुनेर कुटपिट गरेको बराइलीको भनाई छ । भन्सारका कर्मचारीले घुस लिँदै गरेको फोटो डिलिट गर्न धम्की दिएको तर कर्मचारीका अगाडी फोटो डिलिट गरिएपनि तस्बिरहरु ईमेलमा पठाइसकेकाले सुरक्षित रहेको बराइलीले .जानकारी दिए ।

घटनापछि प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले भन्सारका कर्मचारीले पत्रकारमाथि गरेको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो अनियमितता ढाकछोप गर्न जुनसुकै तह र तप्काका व्यक्तिहरुले पत्रकारलाई आँखाको तारो बनाइनु हुँदैन ।’ विज्ञप्तीमा घटना अत्यन्तै निन्दनीय र भत्सर्नायोग्य रहेको उल्लेख गर्दे दोषी कर्मचारीलाई तत्काल कारबाही गरी आगामी दिनमा स्वतन्त्र र निर्भयपुर्वक समाचार संकलनको वातावरण निर्माण गर्न माग गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu