टिपरसँग स्कुटर ठोकिँदा एकान्तकुनामा दुईजनाको मृत्यु
काठमाडौं । रोकिराखेको टिपरमा स्कुटी ठोक्किँदा ललितपुरको एकान्तकुनामा दुईजनाको मृत्यु भएको छ । बिहीबार राति ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी प्रतिमा केसी रहेको प्रहरीले जनाएको छ ।