Connect with us
Kapilvast Forest

आफ्नो गुनासो सुनाउन २४ हजारपटक फोन गरेपछि एकजना वृद्ध पक्राउ

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

एजेन्सी-फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् ।करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा प्रदायक कम्पनीमा २४ हजारपटक फोन गरेका थिए ।७१ वर्षका आकिटोसी ओकामोटो नामका व्यक्तिले हालै लगातार आठ दिनसम्म जापानको टेलिफोन सेवा प्रदायक कम्पनी केडीडीआईको टोल फ्री नम्बरमा लगातार फोन गरेका थिए ।

टेलिकम कम्पनीले आफूसँगको सम्झौताविपरीत काम गरेको गुनासो गर्न तथा टेलिकम कम्पनीका कर्मचारीमाथि फोनबाटै गालीगलौज गर्नका लागि उनले ८ दिनभित्रमा २४ हजारपटक फोन गरेका थिए ।

प्रहरीका अनुसार, ती व्यक्तिले टेलिकम कम्पनी आफूसँग माफी माग्न आउनुपर्ने अडान राखेका थिए । र, निरन्तर फोन गरेर सोही अडान देहोर्‍याइरहे ।

फोनले हैरान पारेपछि व्यवसायमा अवरोध गरेको अभियोग लगाउँदै पक्राउ गरिएको छ ।

स्मरण रहोस् वृद्धावस्थाको जनसंख्यामा वृद्धि भएसँगै जापानमा विभिन्न खाले सामाजिक समस्याहरू बढेको बताइन्छ । वृद्धवृद्धाहरूले चलाएका गाडीहरू धेरै दुर्घटनामा पर्ने गरेका तथा रेलवेका कर्मचारीहरूमाथि वृद्ध यात्रुहरूले दुर्व्यवहारका घटना पनि बढिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu