Connect with us
Kapilvast Forest

नक्कली कर्मचारी बनेर पैसा उठाउँदै गर्दा पक्राउ

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

धनुषा, २० मंसिर । प्रहरीले ‘क्राइम ब्रान्चको कर्मचारी हुँ’ भन्दै पैसा उठाउने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी छन् । लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’को कर्मचारी हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा चौधरी पक्राउ परेका हुन् ।

जनकपुर उपमहानगरपालिका–२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।चौधरीलाई ज.२ प ७३२४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj