Connect with us
Kapilvast Forest

७ हजार घुससहित असई पक्राउ

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

ghus

काठमाडौं- सात हजार रुपैयाँ घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित पक्राउ परेका हुन्।

दाहालले सेवाग्राहीलाई अनावश्यक दुख दिने, विभिन्न खाद्य सामग्रीहरू ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुससहित उनलाई पक्राउ गरेको हो।घुस रकमसहित उनलाई विराटनगर महानगरपालिका–६ घाँसचोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj