Connect with us
Kapilvast Forest

भ्रष्टाचारमा मुछिएपछि सीडीओले छाडे दोलखा

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं ।भ्रष्टाचारको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोलखा छाडेका छन् । उनले १ लाख २५ हजार नगद लिएको स्वीकार गरेसँगै शुक्रबार बिहानै दोलखा छाडेका हुन् ।

सरकारी गाडीमा रहँदा सर्वसाधरणले समात्न सक्ने डरले मुखमा माक्स लगाएर उनले भाडाको गाडी लिएर भागेको जिल्ला प्रशासनका एक कर्मचारीले बताए । जिल्लामा भ्रष्टचार नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी आफैं भ्रष्टाचारमा लिप्त भएको नागरिकको आरोप छ । राजधानी दैनिकले खबर छापेको छ ।

‘कसरी जिल्ला भ्रष्टाचारमुक्त हुन्छ, अगुवा नै खराब भएपछि ?, नागरिक समाज दोलखाका राजेश बस्नेतले भने, ‘भागेर जिल्ला छाडे पनि अरु जिल्लामा लाग्ने कानुन पनि एउटै त हो नि, भ्रष्टाचारी कसी उम्कन्छ ?’ कानुनी राज्यको उपहास गर्ने अधिकार कसैको पनि नभएको उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu