जाडोमा किन बढ्छ ब्लड प्रेशर ? यस्तो छ नियन्त्रणको उपाय
काठमाडाैं –
हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ ।
यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाति कस्सिएको अनुभव हुनु, छाति दुख्नु, श्वासको गति तिँब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् ।
धैरेजसोलाई त थाहा नै हुदैन कि मेरो ब्लडप्रेशर बढेको छ वा सामान्य छ भन्ने कुराको। यसो हुनुको कारण रउनीहरुमा ब्लड प्रेशरको लक्षण नै देखा नपर्नु हो। उनीहरुलाई त्यसबेला मात्र थाहा हुन्छ, जब उसलाई हार्टअटेक/स्ट्रोकले आफ्नो चपेटामा लिई सक्छ वा नियमित स्वास्थ परीक्षणमा गराउँछ। बल्डप्रेशरको लक्षणहरु देखा नपर्ने भएकाले नै होला, यस रोगलाई साईलेन्ट किलर पनि भनिन्छ। हाई ब्लड प्रेशरको कारणले ब्रेनहेमरेज, स्ट्रोक, किड्नीमा असर पर्ने, रेटिना हेमरेज (आखाँ) बाट रगत आउने समस्या हुन सक्छ। गाउँघर भन्दा महानगरहरुमा ब्लड प्रेशरका रोगीहरु बढी छन्।