Connect with us
Kapilvast Forest

अन्तरघातीलाई कारवाही गरे मात्रै कांग्रेसले जित्छ : देउवा

२०७६, २१ मंसिर शनिबारमा प्रकाशित

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ ।

कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गर्नुपर्ने बताए । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ उनले भने ।

हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता होे’, उनले भने ।

कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणलेसरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए ।

‘कांग्रेस मतमा केही कमजोर देखिएको छ, तर सधै यस्तो रहँदैन । खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ, उनले भने ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu