Connect with us

प्रचण्डनिवास खुमलटारमा नेकपा नेताहरूको छलफल

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

madhav_prachand

काठमाडौं, मंसिर २२-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार डाकिएको सचिवालय बैठकका एजेण्डाबारे नेताहरूसँग छलफल गरेका छन्।

आइतबार बिहान छलफलका लागि बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेल प्रचण्डनिवास खुमलटार पुगेका थिए।

नेता देवेन्द्र पौडेलका अनुसार सोमबारको सचिवालय बैठकको एजेण्डामाथि नेताहरूबीच सामान्य छलफल भएको थियो।  नेकपाका विभिन्न विभागहरूमा सदस्य नियुक्तिबारे पनि छलफल भएको उनले बताए।

‘माधव नेपाल, महासचिवलगायतका नेताहरू भेटघाटका लागि आउनुभएको थियो,’ उनले भने, ‘विभागमा सदस्यहरू नियुक्त गरेर पूर्ण बनाउने बारे छलफल भयो। अझै वृहत छलफल भने अध्यक्ष र महासचिव बीचमा भएको होला,’ उनले भने।

मंसिर ५ गते कार्यकारी अध्यक्ष बनेपछि प्रचण्डले सचिवालयको बैठक बोलाउन थालेका छन्। नेकपा सचिवालय बैठक सोमबार बस्दैछ। बैठकले

स्थायी समिति बैठक, केन्द्रीय समिति बैठक डाक्नेबारे निर्णय गर्ने बताइएको छ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को  स्थायी समिति बैठक झन्डै एक वर्ष यता बसेको छैन। नेकपाको अन्तरिम विधानमा तीन-तीन महिनामा स्थायी समितिको बैठक बस्नु पर्ने प्रावधान छ।

गत वर्ष पुसपछि स्थायी समिति बैठक बस्न सकेको छैन।

केही साताअघि अध्यक्ष दाहालले बैठक डाक्ने, विभिन्न निर्णय लिन सक्ने कार्यकारी अधिकार पाएका थिए। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएपछि पार्टीका बैठक दाहालले नै गर्दै आएका छन्। यसअघि अध्यक्ष दाहालले डाकेको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो। बैठकले उपनिर्वाचनको समिक्षा गर्दै प्रतिवेदन पठाउन उपनिर्वाचन भएका ठाउँका समितिहरूलाई निर्देशन दिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu