ट्रकले बालिकालाई ठक्कर दिँदा स्थिति तनावग्रस्त
बाँके । कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि विद्यार्थीको समूहले नाराजुलुस गर्दा स्थिति तनावग्रस्त बनेको छ ।
कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर स्थिति तनावग्रस्त भएकाे हाे ।
बालिका घाइते भएपछि विद्यालयका सहपाठिहरुले नाराजुलुससहित ट्रकमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायरसमेत गरेको छ । घटनापछि गम्भीर घाइते भएकी बालिकाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।