Connect with us
Kapilvast Forest

त्रिविमा अनियमितता : उत्तरपुस्तिका नै साटफेर

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

tu

काठमाडौं-त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तर पुस्तिका भेटिए।बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको सामान बिर्सिएका रहेछन्।उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबैला मच्चियो।

यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए। लगत्तै छानबिन सुरु भयो।

सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्यो। अनि दाहाललाई पक्राउ गर्यो।

लेखा प्रमुखको घर्रामा एकाएक उत्तरपुस्तिका कसरी भेटियो त? ‘हामीले यही बिन्दुबाट अनुसन्धान सुरु गरेका थियौँ,’ अख्तियार स्रोतले भन्यो, ‘केही कर्मचारीले पैसा लिएर फेल हुने विद्यार्थीको उत्तर पुस्तिका फेरबदल गरिदिएको भेटिएपछि चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छौँ।’

परीक्षा केन्द्रमा लेखिएको उत्तरपुस्तिकासँग बाहिरको पुस्तिका साटेर दुई विद्यार्थी उत्तीर्ण भएको पाइएको अख्तियारले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu