४४ राउण्ड गोलीसहित नुवाकोटबाट २ जना पक्राउ
बेलकोटगढी– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर छन् ।प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ राउण्ड गोली फेला पारेको हो ।पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।