मानव अधिकार संगठनको एक घण्टे विरोध प्रदर्शन
काठमाडौं । नेपाल मानव अधिकार संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा संगठनले राजधानीको माइतिघरमा प्रदर्शन गरेको हो ।मानव अधिकारका लागि जाग्न र उठ्न अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घण्टा प्रदर्शन र धर्ना गरिएको संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले बताउनुभयो । द्वन्द्वपीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने उहाँको भनाइ छ ।विभिन्न कार्यक्रमहरुको आयोजना गरी ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस राजधानी लगायत देशभरी मनाईंदैछ ।