Connect with us
Kapilvast Forest

सरकार महिला हिंसा नियन्त्रण गर्नुको साटो लुकाइरहेको छ :देउवा

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

sher bhadur dewa ncn

 

काठमाडौंमंसिर २४-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनामा वृद्धि भइरहेकामा सरकारले रोक्न नसकेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढिरहेका छन्, महिला हिंसाका घटनालाई नियन्त्रण गर्नुको सट्टामा सरकारले लुकाउने काम गरेको छ।’

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला हिंसाविरुद्धको अभियानको अवसरमा आयोजना गरेको कार्यक्रममा देउवाले महिला हिंसा गर्ने व्यक्तिलाई आफ्नो पार्टीले सदस्यतासमेत नदिने भन्दै यस्ता अपराध गर्नेलाई अझ बढी दण्ड र जरिवानाको व्यवस्था गर्न माग गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu