Connect with us
Kapilvast Forest

फालिएका प्लाष्टिक घोराही उपमहानगरपालिकाले किन्ने

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

 

२५ मंसिर, दाङ । घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु उपभोक्ताबाट खरीद गर्ने भएको छ । प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न बरू उपमहानगरपालिकालाई बेच्न उपभोक्तालाई आग्रह गरेको छ ।

कार्यविधि बनाइसकेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले जानकारी दिए । ‘पहिले कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्यविधि बनाउँछौँ,’ केसीले भने, ‘कार्यविधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।’

टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका संघ संस्थामार्फत प्लाष्टिक खरीद गरिने प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफैंले बिक्री गर्ने छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा अघि बढाइएको छ ।

घोराही उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर संकलन हुँदै आएको छ । बजार क्षेत्रको फोहरलाई वडा नम्बर १६ स्थित डम्पिङ साइटमा बिसर्जन गरिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu