Connect with us
Kapilvast Forest

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

accident

हेटौँडा ।  मंगलबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा र मकवानपुरगढीमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको हो भने अन्य दुई जना घाइते भएका हुन् ।

हेटौँडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको हो ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत भने हुनसकेको छैन ।

दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय कञ्चन ठाकुर र चितवनको भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापामगर रहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu