Connect with us
Kapilvast Forest

भाेजपुरकाे २ वटा वडा कार्यालयमा आगजनी

२०७६, २५ मंसिर बुधबारमा प्रकाशित

मंसिर २५,
भोजपुर – भोजपुरको दुई वटा वडा कार्यालयमा नचिनेको मानिसको समूहले आगजनी गरेका छन् ।

रामप्रसादराई गाउँपालिका २ को धोद्लेखानी वडा कार्यालय र पौवादुङमा ३ को च्याङ्ग्रे वडा कार्यालयमा मंगलबार राति  नचिनेको मानिसको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

पौवादुङ ३ को च्याङ्ग्रे वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी भएको गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ ।

यता रामप्रसादराई गाउँपालिका २ को वडा कार्यालय भने पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu