Connect with us
Kapilvast Forest

प्रचण्ड प्रतिवेदन लेखनमा लागेपछि सचिवालय बैठक स्थगित

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

prachanda

काठमाडौं, मंसिर २७ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिवेदन लेखनमा लागेपछि सचिवालय बैठक स्थगित गरिएको छ।

प्रचण्ड नेकपा स्थायी कमिटीको बैठकमा पेश गरिने प्रतिवेदन लेखनमा लागेका हुन्। उनी प्रतिवेदन लेख्न व्यस्त भएपछि सचिवालय बैठक स्थगित गरिएको जनाएको छ।नेकपाको स्थायी कमिटीको बैठक मंसिर २९ गते बिहान ११ बजे बोलाइएको छ। एक वर्षपछि स्थायी कमिटी बैठक बस्न लागेको हो।

आज दिउसो नेकपा सचिवालय बैठक बोलाइएको थियो। आजको बैठकमा उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तय गर्नेलगायत विषयमा छलफल हुने जनाएको थियो।

आजको बैठक स्थागित भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए। ‘नेताहरु व्यस्त भएपछि सचिवालय बैठक स्थगित गरिएको छ,’ उनले भने। अर्को बैठक शनिबार दिउँसो बस्ने उनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu