Connect with us
Kapilvast Forest

मोबाइल पत्रकारिता तालीम शुरु

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

चितवन, २७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आजदेखि यहाँ दुईदिने मोबाइल पत्रकारिता तालीम शुरु गरेको छ । महासङ्घले आफ्नै आन्तरिक स्रोतबाट तालीमको आयोजना गरेको हो ।

तालीमको उद्घाटन गर्दै महासङ्घका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यसखालका तालीम आयोजना गरिएको जानकारी दिए । मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालीम उपयोगी हुनेछ । तस्बीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालीम केन्द्रित हुने खतिवडाले बताए ।

तालीमको प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहेका छन् । तालीममा जिल्लाका ३२ जना पत्रकार सहभागी भएका छन् ।रासस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu