जबरजस्ती करणीको अभियोगमा पक्राउ
मकवानपुर । जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।बोल्न नसक्ने ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४५ वर्षीय जय बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
महिलाको घर नजिकै आँप घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।