धनुषामा बम बिस्फोट : प्रहरी निरीक्षकसहित ५ जना घाइते
धनुषा । श्रीश्वरनाथ नगरपालिकाकाे महेन्द्रनगरमा गएराती बम बिस्फोट भएको छ । राती ११: ४५ बजे भएकाे बम विस्फोटमा परी प्रहरी निरीक्षकसहित अन्य ५ प्रहरी घाइते भएका छन् ।
घाइतेहरुलाइ राती प्रदेश अस्पताल जनकपुरमा उपचार गर्न ल्याइएकाे थियाे भने थप उपचारका लागि धरानस्थित वीपी काेइराला अस्पतालमा लगिएकाे धनुषाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । घाइतेमध्ये प्रहरी निरीक्षक अमिर दाहालको अवस्था केही गम्भीर देखिएको बताइएको छ । घाइते हुने अन्य प्रहरीहरुबारे थप विवरण आउन बाँकी छ ।
नगरपालिकाकाे महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो ।