Connect with us
Kapilvast Forest

बलात्कार आरोपित वडाध्यक्ष छुटाउन कांग्रेसको प्रदर्शन

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

राजविराज, २८ मंसिर । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई छुटाउन नेपाली कांग्रेसले शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ। पक्राउ परेका शम्भुनाथ नगरपालिका-१२ का वडा अध्यक्ष लक्ष्मी साहसहित तीनजना निर्दोष रहेको भन्दै कांग्रेसले प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा रहेको जुलुसले नगर परिक्रमा गरी बुझाएको ज्ञापनपत्रमा वडा अध्यक्ष साह र अन्य व्यक्तिलाई अविलम्ब रिहा गर्न माग गरिएको छ। कांग्रेस पार्टीले घटनाको सूक्ष्म अनुसन्धान गरेको र आरोपित निर्दोष रहेको ज्ञापनपत्रमा दाबी गरिएको छ।

राजनीतिक प्रतिशोधको भावनाले नियोजित ढंगले फसाएको दाबी सभापति यादवले गरे। यौन दुव्र्यवहारको आरोपमा प्रहरीले वडाअध्यक्ष साहसहित सोही ठाउँका अनीलकुमार राय अमात र नसिम मियाँलाई मङ्गलबार पक्राउ गरी उजुरी दर्ता गरेको छ।

गाउँमा उत्पन्न विवाद पञ्चेती (छलफल) गरी मिलाइ दिने प्रलोभन दिएर गत मङ्सिर १२ गते ३४ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईले बताए। यो खरब आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu