Connect with us
Kapilvast Forest

धादिङको रुबी भ्यालीमा हिमपात

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाको तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिका अन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ ।

उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीका भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो । हिमपात शुरु भएपछि शुक्रबार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए ।

गाउँ हिउँले ढाकेपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्याङ्ग्रिएका छन् । हिमपात शुरु भएपछि विद्यालय बन्द भएका छन् ।

चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ । उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रर्फ जान थालेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu