Connect with us
Kapilvast Forest

लोकसेवाले लिएको परीक्षामै २२ जना नक्कली परीक्षार्थी

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

 

२९ मंसिर ,सुर्खेत। लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ ।विभिन्न परीक्षा केन्द्रमा प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस ९शिक्षा० बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उनले बताए ।“केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,” प्रहरी उपरीक्षक पन्तले भने ।जवान पदको लिखित परीक्षामा ३ हजार ३ सय परीक्षार्थी सहभागी थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu